हिमालय उर्जाको आइपिओः न्युनतम १०, अधिकतम २० कित्ता, यस्तो छ बाडँफाँड प्रक्रिया (भिडियोसहित)
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले सर्वसाधारणका लागि खुलाएको आइपीओ बाँडफाँड गरेको छ ।
कम्पनीले चैत २० गतेदेखि २५ गतेसम्मका लागि आइपिओ खुलाएको थियो । निश्कासन भएको १४ लाख ८५ हजार कित्ता सेयरको बाँडफाँड आज बाँडफाँड गरिएको हो । सेयर निश्कासन तथा बिक्री प्रबन्ध नवील इन्भेष्टमेन्ट बैंकिङले गरेको थियो ।
आइपीओमा ६९ हजार ७०८ जनाले आवेदन दिएकोमा ३८ वटा आवेदन रद्ध भएको राजधानीकाे अायाेजित पत्रकार सम्मेलनमा नवील इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।
आबेदन दिने आबेदकहरुलाई न्यूनतम १० कित्ता र अधिकतम २० कित्ताको दरले सेयर बाँडफाँड गरिएको जानकारी दिइएको छ । आबेदकहरुमध्येबाट २ हजार ७ सय २० जनाले १० कित्ताका दरले र ६६ हजार ९५० जनाले २० कित्ताका दरले सेयर पाउने भएका हुन । सेयर बाँडफाँडमा गाेलाप्रथा समेत लागु गरिने भएकाे छ ।
सेयर बाँडफाँड कुन अाधारमा गरियाे ? जानकारीका लागि भिडियो हेर्नुहोस :