‘रेमिट्याप’डिजिटल वालेट रेमिट्यान्स सेवाको सुरुवात



M

माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनी बीच विदेशबाछ रेमिटेन्स पठाउनको लागि त्रिपक्षिय सम्झौता भएको छ ।

सर्वसाधरणको सुविधाको लागि ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सञ्चालन सम्बन्धी त्रि–पक्षीय सम्झौता अनुसार भए ‘रेमिट्याप’मोबाईल वालेट सेवाको सुरुवात भएको छ । यो नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स, ई–पेमेन्ट माध्यम हो जसको प्रयोग गरी छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले ‘रेमिट्याप’ वालेटबाट विशेष गरी विदेशमा रहनु भएका नेपालीहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको कुरा बताउनुभयो । साथै, वालेटमा विविध सुविधाहरु रहेको र अनलाईन, मर्चेन्ट भुक्तानी, आदि जस्ता सेवाहरु ‘रेमिकार्ड’ (इन्किृप्टेड भर्चुअल मनी कार्ड) मार्पmत गर्न सकिने प्रविधि समेत रहेको जानकारी दिए ।

त्यसै गरी ए.एम.भी. टेल कम्पनीका प्रबन्ध निर्देशक अनिल शर्माले हाल प्रयोगमा आउने रेमिट्यान्स पठाउने माध्यमहरुमा बढी समय र खर्च लाग्ने भएकाले विदेशमा रहनु भएका नेपालीहरुले सहज र सस्तो मूल्यमै तुरन्त नेपालका आफ्ना परिवारजनहरुको बैंककै खाता÷वालेटमा आउने गरी पैसा पठाउन मिल्ने सुविधा रहेको र नेपालको १०,००० ठाउँबाट रकम झिक्नसकिने व्यवस्था समेत रहेको बताए ।

यस सेवाको सुभारम्भ सँगै माछापुच्छ्रे बैंकका ग्राहक एवं सर्वसाधरणले ‘रेमिट्याप’वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिट्यान्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिट्यान्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् ।

बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् । यस ‘रेमिट्याप’, आईओएस तथा एन्ड्रोएडदवै अपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध छ ।


क्लिकमान्डु