राष्ट्रिय अनुसन्धान विभागमा ५२ जनालाई जागिर खुल्यो (सूचनासहित )



काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले कूल ५२ जनालाई रोजगारी दिने भएको छ । विभागले आज एक सूचना मार्फत अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जनाको पदमा दरखास्त आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक गरी ५२ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

विभागले अनुसन्धान अधिकृतको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक वा सो सरहको उपाधि प्राप्त गरेको हुनु पर्ने र २१ वर्ष पुरा भई २५ वर्ष नकटेको योग्याता चाहिन्छ । तर महिलाको लागि भने ३० वर्ष नकटेको हुनुपर्ने छ । अधिकृतमा ३० जना माग गरिएको छ ।

त्यस्तै २२ जना माग गरिएको अनुसन्धान सहायकको लागि भने प्रमाणपत्र तह उत्तिर्ण भएको हुनुपर्ने छ । उमेर पुरुषको लागि १८ वर्ष पुरा भई २५ नकटेको महिलाको लागि १८ पुरा भई ३० नकटेको हुनुपर्ने छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको मितिले ३० दिनभित्र दरखास्त दिन सक्नेछन् ।


पुष्प दुलाल