कामना सेवा विकास बैंकले खोल्यो बर्दिवासमा नयाँ शाखा



काठमाडौ । कामना सेवा विकास बैंकले महोत्तरी जिल्लाको बर्दिवासमा ं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका छन । उक्त कार्यक्रममा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

बैंकले पछिल्लो समय व्यवसायका दायराहरु बढाउने क्रममा नविनतम प्रोडक्टहरु ल्याउँदै तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु