‘हिलारी क्लिन्टन सन २०२० मा अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने’

238
Shares

वासिङ्टन । अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी बर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागी दावी नरहने बताएकी छिन ।

तर निर्वाचनमा सक्रियसाथ सहकर्र्मीको प्रचारप्रसारमा लाग्ने उनले बताइन ।

प्रसिद्ध अमेरिकी टेलिभिजन न्युज १२ द्वारा सोमबार प्रशारण गरिएको अन्तर्वार्तामा सन २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पसँग पराजित बनेकी हिलारीले भनिन ,“मैले निर्वाचनमा सक्रियताका साथ डिमोक्रेटिक पार्र्टीको पक्षमा प्रचारप्रसारमा लाग्नेछु ।”

पूर्व सांसद तथा प्रथम महिला क्लिन्टनले भनिन, हाम्रो देशमा निर्वाचनमा को उम्मेदवार हुने भन्ने सवाललाई लिएर सोधिने प्रश्नले आफूलाई साँच्चै समस्यामा पार्ने गरेको छ ।

उनले डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका आकाङ्क्षीहरूलाई सङ्केत गर्दै भनिन, “ट्रम्प प्रशासनबाट गर्न नसकेका वास्तविक समस्या र प्रतिवद्धता पूरा नभएका बिषयको लामो सूची छ त्यसैले कुनै कुरालाई ग्यारेन्टीसाथ नलिनुस ।”