आइएमई जनरल र एनसीसीबीच सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात बैंकका ग्राहकले नेपालभर रहेका नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक द्धय शरण रेग्मी तथा पवन थापा साथै नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रबन्धक राजेश राज ढुंगेलको उपस्थिती रहेको थियो ।


क्लिकमान्डु