सिटिजन लाइफको नयाँ सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना सार्वजनिक



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवन बीमा नामक नयाँ योजना नेपालीहरु माझ प्रस्तुत गरेको छ ।

काठमाडौंमा सम्पन्न एक कार्यक्रममार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलद्वारा उक्त योजनाबजारको लागि सार्वजनिकतथा शुभारम्भ गरिएको थियो ।

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्नुका साथै भैपरी आउने समस्याहरुमा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पु¥याउने उद्देश्यले वार्षिक रुपमा बीमाङ्कको पाँच प्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

यस विशेषताले ग्राहकहरुलाई बीमा योजना अनुसारको आफ्नो बीमा शुल्कभुक्तानीको भार व्यवस्थापन गर्न समेत अझ सरल र सहज गराउनेछ ।
साथैकम्पनीले ग्राहकहरुको सुविधाको लागि डिजिटल प्रस्ताव फारमको समेत सुभारम्भ गरेको छ।


क्लिकमान्डु