नेप्सेको ‘ए’ कम्पनी सूचिमा ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट बैंक मात्रै (सूचिसहित)



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको वर्गिकरण गरेको छ ।

सार्वजनिक सूची अनुसार समूह ‘ए’ मा दुईवटा वाणिज्य बैंक ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक परेका छन् । नेप्सेका अनुसार समूह ए मा कुनै पनि कम्पनी परेका छैनन् ।

यता, समूह ‘बी’ मा कुनै पनि कम्पनी परेका छैनन् । बाँकी सबै कम्पनी दुई समूह अर्थात ‘जी’ र ‘जेड’ मा परेका छन् ।

चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुगेको, धितोपत्र सूचीकरण गराएको कम्तिमा तीन वर्ष पूरा भएको र विगत तीन वर्षमा कम्तिमा दुई आर्थिक वर्षमा नाफा आर्जन गरेको, संचित नोक्सानी नहरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गरेको हुनुपर्ने व्यवस्था रेहेको छ । साथै क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ पाएको हुनुपर्ने व्यवस्था रहेको छ ।


क्लिकमान्डु