विदेशी लगानी ल्याउन अगाडि सरेका डाबरदेखि डाङ्गोटे हराए



काठमाडौं । डाबर देखि अफ्रिकाको डाङ्गोटेले विदेशी लगानी ल्याउने जनाएपनि त्यो आउन नसकेको देखिएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै विदेशी लगानीको लेखांकन तथा ल्याउने भनेको बैदेशिक लगानीको कागजात ३० दिनभित्र पेश गर्न सूचना जारी गरेको छ ।
राष्ट्र बैंकले ५४ कम्पनीले विदेशी लगानी लेखाङ्कन गर्न ल्याउने विषयमा आशय जनाएपछि सम्पर्कमा नआएको जनाएको छ ।

३० दिनभित्र कागजात नआएमा नयाँ प्रक्रियाबाट लगानी भित्राउने प्रक्रिया सुरु हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

नाइजेरियाको बहुराष्ट्रिय कम्पनी डाङ्गोटे सिमेन्टमा लगानी गर्नको लागि आउने भनेको थियो । त्यो अब नआउने भइसकेको छ ।


क्लिकमान्डु