धनगढीभन्दा थाइल्याण्ड जान सस्तो



काठमाडौं । सुन्दा अचम्म लाग्ला धनगढीजानभन्दा थाइल्याण्डको बैंकक जान सस्तो । नेपाल वायुसेवा निगमले बैंककसम्मको आकर्षक प्याकेज ल्याएको छ ।

मार्चसम्मको लागि निगमले काठमाडौं बैंककसम्मको लागि १२ हजार रुपैयाँ शुल्क तोकेको छ ।  कर लगायत सबै जोड्दा २४ हजार रुपैयाँमा काठमाडौं बैंकक काठमाडौंको टिकट दिने योजना निगमले सारेको छ ।

निगमले ५ वटा टिकट ग्रुपमा काट्दा एउटा फ्रि हुने जनाएको छ । निगमले सोमबार,बुधवार र शुक्रबारको लागि योजना ल्याएको हो ।

थाइल्याण्ड घुम्न जाने नेपालीको संख्या बढ्दै गएपछि निगमले आकर्षक प्याकेज ल्याएको हो । विदेश घुम्न जाने नेपालीको संख्या बढेसँगै सरकारले भने डलर सटहीमा कटौती गरेको छ ।

धनगढीसम्म पुग्नको लागि १३ हजार रुपैयाँसम्म टिकटको अधित्तम मूल्य पर्छ । यद्यपी प्राइसवारको कारण योभन्दा सस्तो भने हुने गरेको छ ।


क्लिकमान्डु