सेयर बजारमा ३६ करोडको सेयर कारोबार, तामाकोशीको मात्र २३ करोड ४३ लाख रुपैयाँ



काठमाडौं । सेयर बजारमा ३६ करोड रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक ८.६ अंकले घटेको छ ।

२६ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार हुँदा तामाकोशी जलविद्युत् आयोजनाको मात्र २३ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबार सुरु हुनासाथ बढेको तामाकोशी जलविद्युत कम्पनीको सेयर बन्द हुने बेलामा २९२ रुपैयाँमा झरेको छ । अघिल्लो साता बिहीबार तामाकोशीको सेयर ३११ रुपैयाँ थियो ।

आइतबार लगानीकर्ताको अत्याधिक चापको मार्केट डेप्थ खुलेन । यद्यपी नेप्सेले सधै भन्ने गरेको प्राविधिक समस्यालाई नै अगाडि सारेको छ ।
आइतबार १४३ कम्पनीको सेयर किनबेच भएको छ ।

होटल,व्यापार र ट्रेडिङ बाहेक सबै समुहको परिसूचक ओरालो लागेको छ ।


क्लिकमान्डु