किन भएन माथिल्लो तामाकोशीको २ करोड ५४ लाख कित्ता सेयर डिम्याट ?



काठमाडौं , माथिल्लो तामाकोशीले पहिलो चरणका बिक्री गरेको २ करोड ५४ लाख १६ हजार कित्ता साधारण सेयर हालसम्म पनि अभौतिकीरकण नभएको पाइएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, कोषका कर्मचारी तथा लगानीकर्ता संस्थाका कर्मचारीलाई बिक्री गरेको साधारण सेयर अभौतिकिकरण नभएको पाइएको हो ।

गत आइतबारदेखि नै कम्पनीको साधारण सेयर दोस्रो बजारमा बिक्री सुरु भइसकेको छ । तर पहिलो चरणमा नै बिक्री भएका साधारण सेयर हालसम्म पनि अभौतिकीरकण नभएकाले कम्पनीको सेयर रजिष्टार सनराइज क्यापिटलले आज एक सूचना प्रकाशित गरी तत्काल अभौतिकीकरण गर्न भनेको हो ।

सनराइज क्यापिटलले भौतिक सेयर धारण गरेका सञ्चयकर्ता कम्पनीलाई ऋण प्रदान गर्ने संस्थाका कर्मचारी, कम्पनी, प्राधिकरणका कर्मचारीका हकमा सम्बन्धित सेयरधनीको हितग्राही खातामा पठाउनका लागि सेयर प्रमाणपत्र अभौतिकीकरण गराउन आग्रह गरेको हो ।

हितग्राही खाता नभएका सेयरधनीलाई पनि तत्काल हितग्राही खाता खोल्न क्यापिटलले आग्रह गरेको छ ।

कम्पनीले जारी तथा निश्काशन भई बाँडफाँड भएको १० करोड ५९ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्चमा सूचीकृत भइसकेको छ र कारोवार समेत भइसकेको छ । यस्तै सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता पनि भएसकेको छ ।


क्लिकमान्डु