नागरिक लगानी कोषले २ अर्ब ९० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नागरिक लगानी कोषले २ अर्ब ९० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुुद्दती निक्षेपमा राख्ने भएको छ ।
कोषले आज एक सूचना मार्फत नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका ‘क’ वर्गका बैंकलाई आफूले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समायवधि उल्लेख गरी आवेदन दिन भनेको छ ।
कोाष्ले यही माघ ७ गतेसम्म त्यस्तो आवेदन दिन स्क्ने व्यवस्था गरेको छ । कोषले उत्तः रकम मुद्दती निक्षेपमा राख्न लागेको हो ।
कोषको हालै सम्पन्न वार्षिक साधारणसभाले शेयरधनीलाई २२.०६ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । कोषले हाल १४ बैंकमा खाताखोलेको र ४० खाताबाटकारोवार गर्दै आएको छ ।