गतवर्ष १ अर्ब २० करोड कित्ता सेयर अभौतिकरण
काठमाडौं । आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २० करोड ८५ लाख ८२ हजार २०० कित्ता सेयर अभौतिकीकरण भएको छ । सिडिएस क्लियरिङ लिमिटेडकाअनुसार हालसम्म ४ अर्ब २ करोड ७२ लाख ८५ हजार ५७७ कित्ता सेयर अभौतिकीकरण भएको छ ।
कम्पनीले आव २०७४÷७४ मा १८ करोड ४५ लाख ५२ हजार ६४३ रुपैयाँ आम्दानी गरेको छ । आव २०७३÷७४ मा १५ करोड २१ लाख ७७ हजार ७२७ आम्दानी गरेको थियो ।
आव २०७४÷७५ मा मात्रै ४ लाख २१ हजार ५२३ डिम्याट खाता खोलिएको छ ।
यस्तै कम्पनीलेअ ाव २०७४÷७५ मा ५ करोड ३७ लाख ५४ हजार ५३७ खर्च गरेको छ । कम्पनीले संचित मुनाफाबाट सेयरधीलाई ६ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले ७ लाख ६६ हजार ५४८ जनालाई सिआरएन नम्बर दिएको छ ।