सिटिजन्स द्वारा नारायणघाटमा सुविधा सम्पन्न भवनबाट बैंकिंग सेवा संचालन



सिटिजन्स बैंक इन्टरनेसनलले नारायणघाटमा सुविधा सम्पन्न भवनबाट बैकिङ सेवा संचालन गरेको छ ।

हाल रहेको भवनको (भरतपुर म.न.पा. वडा नं. ३) सामून्ने करिब १०० मिटरको दुरिमा रहेको भवनमा (भरतपुर म.न.पा. वडा नं. २) स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको छ ।

उक्त शाखाको उद्घघाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो,चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

औद्योगिक नगरी नारायणघाटमा आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाई टेवा पु¥याँउनेहेतुले विभिन्न नयाँ योजनाहरु प्रभावकारी ढंगले संचालन गर्ने विश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु