जनता बैंकले १२ प्रतिशत ब्याजदरमा निक्षेप लिने योजना स्थगित गर्यो



काठमाडौं । जनता बैंकले १२ प्रतिशत ब्याजदरमा निक्षेप लिने योजना स्थगित गरेको छ ।

बैकर्स संघको बैठकले व्यक्तिगत निक्षेपमा भद्र सहमति हटाउने निर्णय गरेसँगै सबैभन्दा पहिला जनता बैंकले १२ प्रतिशत मुद्दती निक्षेपमा ब्याजदर पुर्याएको थियो । त्यसपछि बैंकहरु ब्याजदर युद्दमा लागेका थिए । ठूलो बैंक नबिल र हिमालयनले नै १३ प्रतिशतको स्किम ल्याएका थिए ।

जनता बैंकले १२ प्रतिशत ब्याजदरमा निक्षेप लिने योजना स्थगित गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए ।


क्लिकमान्डु