२५ मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक, बन्द हुने बेला ३.२८ अंकले मात्र बढ्यो



काठमाडौं । बजार खुल्नासाथ दोहोरो अंकले बढेको नेप्से परिसूचक बजार बन्द हुने बेला ३.२८ अंकले मात्र बढेर बन्द भएको छ ।

बजार खुलेको पहिलो १५ मिनेटमा नै दोहोरो अंकको बृद्धि भएपनि त्यसपछि भने परिसूचक घट्न थाल्यो ।

सरकारले गठन गरेको कार्यदलले बजार सुधार गर्ने गरी सुझाव दिएको र त्यसलाई कार्यान्वयन गर्न अर्थमन्त्री डा युवराज खतिवडाले निर्देशन दिएका छन् । सो अनुसार निर्देशिका जारी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

तर,सेयर बजारका लगानीकर्ता भने पूर्ण रुपमा आस्वस्त भने नदेखिएको बिहीबारको कारोबारले देखाएको छ । बिहीबार नेप्सेमा १६३ कम्पनीको ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

व्यापार,होटल,वित्त र अन्य समुहको परिसूचक ओरालो लागेको छ । अन्य समुहको परिसूचक उकालो लागेको छ । सबैभन्दा बढी कारोबार एनएमबि बैंकको भएको छ ।


क्लिकमान्डु