कार्यदलको प्रतिवेदन बुझेपछि अर्थमन्त्रीले डाके उच्च स्तरिय वित्तीय समन्वयन समिति बैठक, सेयर बजार र ब्याजदरमा निर्णय हुने



काठमाडौं । मुद्रा बजार र पुँजी बजारको समस्या समाधान गर्न बनेको समितिले अर्थमन्त्री डा युवराज खतिवडालाई सुझाव दिएपछि अर्थमन्त्रीले उच्च स्तरिय वित्तीय कार्यदलको बैठक डाकेका छन् ।

कार्यदलमा राष्ट्र बैंकका गभर्नर,धितोपत्र बोर्डका अध्यक्ष,बीमा समितिका अध्यक्ष समेत हुन्छन् । कार्यदलले पछिल्लो बैंकिङ क्षेत्रमा देखिएको ब्याजदर बृद्धि र सेयर बजारको बारेमा निर्णय लिने छ ।

कार्यदलको निर्णय पछि नियामक निकायहरुले आवश्यक निर्देशिका जारी गरेर मुद्रा बजार र पुँजी बजारलाई स्थाईत्व दिने छन् ।

समितिले बुझाएको सुझाव कसरी कार्यान्वयन गर्ने निर्णय पनि बैठकमा हुने छ ।


क्लिकमान्डु