काबेली विकास बैंकले ३५ प्रतिशत शेयर लाभांश दिने



काठमाण्डौ । काबेली विकास बैंकले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४\७५ को नाफाबाट शेयर लाभांश वितरण गर्न लागेको हो ।

बैंक सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले शेयर लाभांशसम्बन्धी निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त शेयर लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत तथा बैंकको साधरणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ ।

बैंकको हाल कायम रहेको २१ करोड पाँच लाख ९० हजार ४०० शेयरपूँजीको ३५ प्रतिशत सात करोड सैतीस लाख छ हजार ६४० को शेयर लाभांश प्रदान गर्न लागेको हो । शेयर लाभांश वितरणपछि बैंकको चुक्ता पूँजी २८ करोड ४२ लाख ९७ हजार ४० पुग्नेछ ।

 


क्लिकमान्डु