‘थ्रीजी स्मार्टफोन ल्याउनुहोस, फोरजी स्मार्टफोन लानुहोस्’ अफर



काठमाडौं । ललितपुरको लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरिरहेको मोबाइल एक्स्पो २०१७ मा ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ ।

एक्स्पोमा “थ्रीजी स्मार्टफोन ल्याउनुहोस्, फोरजी स्मार्टफोन लानुहोस् अफर” सार्वजनिक गरिएको हो । अफरअन्तर्गत ललितपुर मोबाइल कम्प्लेक्सले थ्रीजी फोनको साटो फोरजी फोन दिने अफर ल्याएको जानकारी दिएको छ ।

अफर अन्तर्गत ग्राहकहरुले आफूसँग भएको कुनैपनि थ्रीजी स्मार्टफोन फोरजी स्मार्टफोनसँग साट्न सक्नेछन् । कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि ल्याएको अफरअन्तर्गत ग्राहकहरुले पुरानो थ्रीजी फोनको भ्यालूएसन गराएर नयाँ फोरजी फोन किन्न सक्ने बताईएको छ ।

मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले फोरजी स्मार्टफोन प्रति ग्राहकहरुको अधिक रुचीलाई ध्यानमा राखेर नयाँ अफर ल्याएको बताए । ‘कुनैपनि ब्राण्डका थ्रीजी स्मार्टफोनको साटो हामी एक्सचेन्ज गरेर ब्राण्डेड फोरजी स्मार्टफोन दिनेछौं,’ उनले भने, ‘यसको लागि हामीले दक्ष र अनुभवी भ्यालुएटर राखेका छौं जसले थ्रीजी फोन साटेर फोरजी फोन ग्राहकलाई दिनेछ ।’

आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित उत्सवमय बनाउन यहि माघ १४ गतेदेखि माघ २२ गतेसम्म मोबाइल एक्स्पो आयोजना गरिरहेको छ ।


क्लिकमान्डु