गरिमाले गरेको रक्तदान कार्यक्रममा ४३० युनिट रगत संकलन
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको १२औं बार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले स्थापनाको ११औं बर्ष पूरा गरी १२औं बर्षमा प्रवेश गरेको अवसरमा यही मंसिर ७ गते शुक्रबार देशका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विकास बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौं, शाखा कार्यालयहरु महेन्द्रपुल पोखरा, बुटवल रुपन्देही, बेनी म्याग्दी, नारायणगढ चितवन, बिराटनगर मोरङ, ईटहरी सुनसरी र घोराही दाङमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
विभिन्न ८ स्थानमा भएको रक्तदान कार्यक्रमबाट ४३० युनिट रगत संकलन भएको छ । यसै सिलसिलामा विकास वैंकको उद्गमस्थल स्याङ्जाको वालिङ शाखा कार्यालयमा सरसफाई कार्यक्रम गरेको छ ।
साथै शाखा विस्तारको क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका अन्र्तगत वूद्घचोक शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र वैंक पोखरा शाखाका निर्देशक पोमनाथ गौतमबाट गरिएको छ ।
यस विकास बैंकको हाल काठमाण्डौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्ने जनाएको छ ।
यही मंसिर ७ गतेसम्म विकास बैंकले २४ अर्ब ५० करोड निक्षेप संकलन गरी २२ अर्ब कर्जा लगानी गरेको जनाएको छ ।