जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालको प्रमुखमा युमिको आसाकुमा



काठमाडौँ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नेपालको प्रमुखमा युमिको आसाकुमालाई खटाएको छ ।

यसअघिका प्रमुख जुन साकुमाको कार्यकाल सकिएलगत्तै आसाकुमालाई नेपाल प्रमुखमा पठाइएको जाइकाद्वारा जारी विज्ञप्ति जनाइएको छ । यसअघि आसाकुमा जापानस्थित जाइकाकै योकोहामा केन्द्रमा महानिर्देशक पदमा कार्यरत थिइन् ।

सन् १९९३ देखि जाइकामा प्रवेश गर्नुभएका आसाकुमाले त्यहाँको विभिन्न विभाग सम्हाल्नुका साथै भूटानस्थित जाइकाको कार्यलयमा सन् २०१२ डिसेम्बरदेखि सन् २०१६ मार्चसम्म प्रमुखको भूमिका पनि निर्वाह गरेकी थिइन् ।

नेपालमा जाइका प्रमुख हुन पाएकामा खुशी हुँदै आसाकुमाले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति र विकासमा सहयोग गर्दै जाइकाको मूल नारा ‘विश्वलाई विश्वासका साथ नेतृत्व’लाई प्रगाढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्ति उल्लेख छ ।


क्लिकमान्डु