लक्ष्मी पुजाको दिन विद्युतको डिमाण्ड ११०५ मेगावाट, कुलमान आफै फिल्डमा
काठमाडौं । वर्षभरमा विद्युतको उच्च माग हुने लक्ष्मी पुजाको दिन ११०५ मेगावाट विजुली खपत भएको छ ।
विद्युत् प्राधिकरणका अनुसार साझ ६ बजेट विद्युत्को डिमाण्ड ११०५ मेगावाट पुगेको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले लक्ष्मी पुजाको दिन लोडसेडिङ नहुने घोषणा गरेका थिए ।
प्राधिकरण प्रवन्ध निर्देशक घिसिङ आफै भार सम्प्रेक्षण केन्द्रमा पुगेर विद्युत् आपूर्तिको अनुगमन गरेको थिए । उनी भार सम्प्रेक्षण केन्द्रका इन्जिनियर जस्तै गरी काम गरेर विजुली आपूर्तिको मागको विषय काम गरेका थिए । उनले सिस्टममा रिजर्भ भएको कारण लोडको व्यवस्थापन गर्न सकिएको बताएका छन् ।
प्राधिकरणले आजको दिन भारतबाट ३२५ मेगावाट विजुली आयात भएको जनाएको छ ।
दुई वर्ष अगाडि प्राधिकरणको प्रवन्ध निर्देशकमा घिसिङ आएपछि लोडसेडिङ अन्त्य भएको थियो । उनले माग उच्च हुने लक्ष्मी पुजाको दिननै सबैतिर नियमित विद्युत् आपूर्ति गर्न सफल भएका थिए ।
जसले गर्दा अध्यारो युगको अन्त्य गरेको थियो ।
प्राधिकरणका अनुसार लक्ष्मी पुजाको दिन दुई स्थानमा मात्र विद्युत् आपूर्ति भएको थिएन । पर्वतको माददी गाउँपालिका स्थानीय व्वक्तिले रुख काटेका हुँदा विद्युत् आपूर्ति हुन सकेको छैन ।
काठमाडौंको गौरीघाटमा बाँदरले तारमा पुर्याएको क्षतीको कारण केही बेर विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।