जनता बैंकमा १०० जनालाई जागिर खुल्यो



काठमाडौं । जनता बैंक लिमिटेडले एकैपटक १०० जनालाई जागिर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी जागिरका लागि आवेदन दिन सार्वजाकि आह्वान गरेको छ ।

जुनियर एसिस्टेन्ट पदका लागि बैंकले जागिर खुलाएको हो । यो पद भनेको फ्रेस म्यानपावरका लागि हो ।

व्यवस्थापनमा ब्याचलर पास गरेकाले जुनियर एसिस्टेन्ट पदका लागि आवेदन दिन सक्नेछन् । बैंकमा आवेदन दिनका लागि ब्याचलरमा कम्तिमा ४५ प्रतिशत ल्याएको हुनुपर्ने बैंकले जनाएको छ ।

यो पदमा १८ वर्षदेखि २८ वर्ष उमेर भएका व्यक्तिले मात्रै आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल