नेपाल राष्ट्र बैंक र रावा बैंकबीच दरखास्त शुल्क अनलाइन प्रविधिबाट भुक्तानी गर्ने सम्झौता



काठमाण्डौ । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नयाँ जनशक्तीको लागि विज्ञापन गर्दा दरखास्त शुल्क अनलाइन प्रविधिबाट भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको उपस्थितिमा भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठले सरकारी स्वामित्वको ठूलो बैंकसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस सेवालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्दै भविश्यमा राष्ट्र बैंकसंग सहकार्य गरी जनतालाई थप सेवाहरु प्रदान गर्न बैंक सदैव तयार रहेको बताए ।

उक्त सम्झौता भएपश्चात नेपाल राष्ट्र बैंकले निकट भविष्यमा नयाँ जनशक्ती भर्नाको लागि माग गर्ने विज्ञापनमा आवेदन गर्दा दरखास्त फारम अनलाइन प्रविधि मार्फत भर्नुपर्ने र सो को दरखास्त शुल्क राष्ट्रिय वाणिज्य बैंकको इन्टरनेट बैंकिङ्ग वा मोवाइल बैंकिङ्ग अथवा इसेवा डिजिटल सेवा मार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको नेपाल राष्ट्र बैंकको खातामा सिधै रकम जम्मा हुनेछ ।


क्लिकमान्डु