अब दरबारमार्गमा पनि क्याफे कफी डे




काठमाडौं । भारतीय बहुराष्ट्रिय कफी ब्रान्ड क्याफे कफी डे ले आफ्नो तेस्रो नयाँ आउटलेट नेपालको सबैभन्दा परिचित ठेगाना, दरबारमार्गमा खोलेको छ ।

यो तेस्रो आउटलेटका साथ, नेपालका युवावर्गका उपभोक्ताहरूसंग क्याफे कफी डे को समापन गर्ने लक्ष्य राखेको छ । नेपालकी लोकप्रिय नायिका तथा उत्कृष्ट अभिनेत्री स्वस्तिमा खड्काद्वारा औपचारिक रूपमा आउटलेटको उद्घाटन भव्य समारोहवीच गरिएको हो ।

लोकप्रिय क्याफेले आफ्नोे सम्पूर्ण मेनुलाई पनि परिमार्जन गरेको छ र यसलाई तातो र आरामदायी वातावरण दिने उद्घोष गरेको छ । यो नयाँ मेनु अन्य आउटलेटहरूमा पनि उपलब्ध गराइनेछ । जसमा खानाको परिकारका साथै पेय पदार्थहरुमा पनि विकल्पहरू देख्न सकिने जनाएकोछ ।

कुनैपनि नेपालीलाई उनीहरूको मनपर्ने खाना के हो भनेर सोध्नु भयो भने सबैको जवाफ मःम नै हुने गर्छ, त्यसैले सीसीडीले नेपाली उपभोक्ताहरूका लागि गौरवका साथ आफ्नो नयाँ मेनुमा मःम पनि समावेश गरेकोछ ।

मेनुमा अन्य अन्तर्राष्ट्रियस्तरमै सबैलाई मनपर्ने पिज्जाका साथै बिर्र्यानी, चिकेन बटर मसला विथ राइश र वोक टोस्ट ओरिएंटल फ्राइड राइस जस्ता परिचित परिकारहरु पनि समावेश गरिएको जनाएको छ ।

उक्त नयाँ आउटलेट दुईटा फ्लोरमा विभाजित गरिएकोछ जसको पहिलो तल्लामा ४० जना बस्ने क्षमता छ भने दोश्रो तल्लामा ३० जनाको सिट क्षमता रहेको छ ।

नेपालमा ब्रान्ड क्याफे कफी डेका मास्टर फ्रेन्चाइजी र स्तव्य हस्पिटालिटीका निर्देशक रवि तिब्बरालाले भने, “हामीले दरवारमार्गमा एउटा नयाँ आउटलेट लन्च गरेकोमा एकदमै खुसी छौं । सीसीडीले पहिले देखिनै कयौं अन्तर्राष्ट्रिय बजारमा आफ्नो बलियो पकड़ बनाइसकेको छ ।

जवालाखेल र बसन्तपुरमा हाम्रो आउटलेट लन्च गरेदेखि सीसीडीले पनि नेपाली बाजारमा एउटा सनसनी पैदा गरेको छ र यसैकारण हामी दरबारमार्गमा हाम्रो तेश्रो आउटलेट लन्च गर्न प्रेरित भएका हौँ । हामीलाई आशा छ कि नेपाली जनताले हाम्रो आउटलेट मनपराउने छन् र विश्वकै उत्कृष्ट कफीको साथमा अन्य आउटलेटहरुमा पनि रमाउने छन् ।

क्याफे कफी डेले नेपालका अन्य स्थानहरूमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाएको छ ।


क्लिकमान्डु