नेपालमा चिनियाँ चिया भित्रिदैँ, कृषिमन्त्री खनाल भन्छन्-यसले आर्थिक विकास सघाउ पुर्याउँछ



काठमाडौं । नेपालमा अब चिनियाँ चियाले पनि बजार लिने भएको छ ।

गिपिन जन सरकार र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड नेपालको आयोजनामा सञ्चालित यिपिन चिया प्रवद्र्धन कार्यक्रममा चिनियाँ चियालाई नेपाली बजारमापनि विक्री वितरणको व्यवस्था मिलाएको यिपिज सरकारका उपमेयर चाङबीङले बताए ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले दुई देशबीच चिया उत्पादन तथा बिक्री वितरणले आपसी सहयोग आदान प्रदान हुने र आर्थिक विकासमा पनि सहयोग पुग्ने बताए । उनले चिया विक्री वितरण तथा उत्पादनले दुई देशबीचको मित्रतामा सुमधुरता थपिने बताएका थिए ।

‘नेपालको चिया चीनमा जान्छ, चीनको चिया नेपालमा आउँछ भने यसले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ र चिनियाँ पर्यटकलाई पनि नेपालमा आकर्षण गर्ने एउटा उचित माध्यम चिया पनि हो,’ मन्त्री खनालले भने ।

यस्तै, यिपिन सरकारका उपसचिव तथा कार्यक्रमका अध्यक्ष लियाङले नेपालको चिया र चिनियाँ चियालाई एक आपसमा बजारीकरण गर्न चिनियाँ चियालाई नेपाली बजारमा ल्याउन लागिएको बताए ।

कार्यक्रममा राष्ट्रिय चिया कफि विकास बोर्डका अध्यक्ष शेषनाथ गौतमको पनि उपस्थिति रहेको थियो ।


क्लिकमान्डु