स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली टिचिङ अस्पतालमा



फाइल तस्बीर

काठमाडौ । मौसमी रुखाखोकीका कारण स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमनत्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका लागि पुगेका छन् ।

विगत ३ दिनदेखि रुखा खोकीका कारण समस्या देखिएपछि उनी आज विहान उपचारका लागि शिक्षण अस्पताल पुगेका हुन् ।

स्वास्थ्य समस्या देखाउँदै प्रधानमन्त्री ओली नेकपाले शनिबार आयोजना गरेको चियापानमा समेत सहभागी भएनन् ।

यस्तै आइतबार मन्त्रिपरिषद्को बैठक समेत छोटो राखे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले मौसमी रुघाखोकीका कारण स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि शिक्षण अस्पताल लगिएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री उपचाररत शिक्षण अस्पतालमा पुगेर अध्यक्ष दाहालले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका महासचिव विष्णु पौडेल, नेता झलनाथ खनाल पनि अस्पताल पुगेका छन् ।

यस्तै गृह मन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पाखरेल, नेकपाका नेताहरु भीम रावल, टोपबहादुर रायामाझी, केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

अस्पतालले केही समयपछि पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने बताएको छ ।

प्रधानमन्त्रीको मनमोहन काडियोथोरासिस भास्कलुर एण्ड टान्सप्लान्ट केन्द्रमा उपचार भइरहेको छ ।


क्लिकमान्डु