मङ्सिर १३ देखि २३ गतेसम्म नवलपरासी औद्योगिक व्यापार मेला, ५ करोडको कारोबार हुने




नवलपरासी । पश्चिम नवलपरासीको परासीमा आगामी मङ्सिर १३ देखि २३ गतेसम्म चौथो नवलपरासी औद्योगिक व्यापार मेला–२०७५ हुने भएको छ ।

उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत् प्रदर्शनी सहितको मेला हुन लागेको हो । मेलामा विविध प्रकारका करीब २०० भन्दा बढी व्यावसायिक कक्ष रहनेछन् ।

मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने तथा करीब पाँँच करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष केशव भण्डारीले जानकारी दिए ।

नवलपरासी, रुपन्देहीसहित छिमेकी भारतीय बजारबाट समेत दर्शक मेला हेर्न आउने सङ्घका महासचिव गिरिराज पाण्डले जानकारी दिए । धार्मिक, पर्यटकीयस्थलको चिनारी, संस्कृति झल्किने गरी जातजातिको वेशभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला तथा लघु उद्यमका उत्पादनको सो मेलामा प्रदर्शनी गरिनेछ । रासस


क्लिकमान्डु