एनआईसी एशिया बैंकको ४ अर्बको ऋणपत्र निष्कासनको लागि एसबिआई मर्चेन्ट बिक्री प्रवन्धकमा नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकले एक हजार अंकितको दरले ४० लाख कित्ता बराबरको ४ अर्ब रुपैयाँ एनआईसी एशिया ऋणपत्र २०८५/८६ को बिक्री प्रवन्धकमा एसबिआई मर्चेन्ट नियुक्त भएको छ ।
एनआईसी एशियाले ४ अर्ब रुपैयाँको ऋणपत्र ११ प्रतिशत ब्याजदर दिने गरेर निकाल्ने छ ।
यस अगाडि बैंकले जारी गरेको रु १ अर्ब ८३ करोड रुपैंयाको ‘११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२/८३’सम्पूर्ण रुपमाआवेदनप्राप्तभई बाँडफाँड समेत भइसकेको छ । प्रस्तावित ११ प्रतिशतव्याजभएको यस ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बंैकले लिएकोे छ ।
उक्त ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंक कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपिराज पन्तले हस्तगर गरे ।
ऋणपत्र धितोपत्र बोर्डले स्वीकृती दिएपछि बैंकले ८० प्रतिशत ऋणपत्र व्यक्तिगत तथा २० प्रतिशत सर्वसाधारणका लागि खुला गर्ने छ ।