दशैं बिदापछि खुलेको सेयर बजार साढे ४ अंकले बढ्यो, १४ करोडको कारोबार



काठमाडौं । दशैं बिदापछि खुलेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक साढे चार अंकले बढेको छ ।

नेप्से परिसूचक ४.५४ अंकले बढेर १२४६.१७ बिन्दुमा आएको छ ।

नेप्सेमा आज १२४ कम्पनीको १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा वाणिज्य बैंक,विकास बैंक,वित्त,जीवन बीमा कम्पनी र अन्य समूहको परिसूचक बढेको छ ।


क्लिकमान्डु