काठमाडौंमा भेटियो नक्कली नोट बनाउने कारखाना



काठमाडौं । प्रहरीले काठमाडौंमा नक्कली नोट बनाउने कारखाना फेला पारेको छ ।

महानगरिय प्रहरी परिसर काठमाडौंले रातोपुलमा नक्कली नोट बनाउने कारखाना फेला पारेको हो ।
प्रहरीको टोलीले नक्कली नोट सहित पाँचजनालाई ललितपुरको मच्छेगाउँबाट पाँचजनालाई पक्राउ गरेको थियो । त्यसपछि नक्कली नोटको कारखानाको रहस्य खुलेको हो ।

नक्कली नोट बनाउनेले कोठा भाडामा लिएर कारखाना संचालन गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट नक्कली नोट बनाउने मेसिन,आवश्य कागज तथा नक्कली नोट बरामत गरेको छ । प्रहरीले ३ लाख ७० हजार रुपैयाँ नक्कली नोट बरामत गरेको हो ।

प्रहरीले शुक्रबार कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षे अनिल शाह तथा २९ वर्षे दोक्चे महर्जनलाई पक्राउ गरेको थियो । प्रहरीले घटनाको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।


क्लिकमान्डु