नेप्सेको कम्पनी बर्गीकरण हेरेर लगानी नगर्नु, सेयर कारोबार नहुँने र राम्रा कम्पनी एउटै सूचिमा



काठमाडौं । दशैं बिदापछि आज सेयर कारोबार खुल्दै छ । दशैंको बिदा अगाडि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सूचिकृत कम्पनीको बर्गीकरण गरेको छ । जसमा ‘ए’ र ‘बी’ सूचिमा कुनैपनि कम्पनी परेका छैनन् । ‘जी’ र ‘जेड’को सूचिमा कम्पनीहरु छन् ।

नेप्सेले गरेको बर्गीकरण भने अनौठो खालको छ ।

नेप्सेले धितोपत्र सूचिकरण नियमावलीको विनियम ११ अनुसार संगठित संस्थाको सूचिकरण गरेको जनाएको छ ।

नेप्सेको सूचिकरणमा नियमित लाभांश दिने र कागजमा मात्र अस्थित्वमा रहेको कम्पनीहरु एउटै बर्गमा छन् ।

नेप्सेले निकालेको सूचिमा कागजमा मात्र रहेका बुटवल स्पिनिङ मिल,गोरखकाली रबर उद्योगदेखि नियमित लाभांश दिने र सेयर मूल्य राम्रा भएका वाणिज्य बैंक,बीमा कम्पनीपनि एउटै सूचिमा छन् । यसले लगानीकर्तालाई भने अन्यौलको वातावरण सिर्जना गरेको छ ।

सेयर बजारका जानकार दिलिप मुनकर्मी नेप्सेको सूचिकृत कम्पनीको बर्गीकरण एउटा औपचारिक मात्र काम भएको बताउँछन् ।

‘यसको आधारमा कम्पनीप्रति धारणा बनाएर लगानी तथा कारोबार गर्नु हानिकारक हो,’मुनकर्मीले भने ।

बर्गीकरणमा बुटवल स्पेनिङ नबिल बैंकलाई एउटै बर्गमा राखिएको छ । बुटवल स्पेनिङ कागजमा मात्र सिमित कम्पनी हो । नबिल बैंक वाणिज्य बैंकमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी हो । नाफाको आधारमा सबैभन्दा बढी कमाउने बैंकपनि । यसलै बर्गीकरणलाई लगानीको आधार मान्न नहुँने सुझाव सेयर विज्ञको रहेको छ ।

यस्तो छ नेप्सेको बर्गीकरण


क्लिकमान्डु