लोकसेवा आयोगले शाखा अधिकृतको अन्तिम नतिजा निकाल्यो, स्याङ्जाका २८ जना सिफारिश



काठमाण्डौ । लोक सेवा आयोगले आज राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक)  शाखा अधिकृत वा सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

राजपत्रांकित तृतीय श्रेणी, प्रशासन सेवा, सामान्य प्रशासन समूहमा १९१ जना, प्रशासन सेवा, लेखा समूहमा ६३ जना, प्रशासन सेवा राजस्व समूहमा ३५ जना, लेखापरीक्षण सेवामा १० जना, परराष्ट्र सेवामा ५ जना, न्याय सेवामा ८६ जनाको लागि खुला तथा समावेशी समूहमा लोक सेवा आयोगले २०७४ कात्तिक २७ गते विज्ञापन प्रकाशन भएको थियो ।

खुलामा २०६, महिलामा ५९, आदिवासी\जनजातिमा ५२, मधेशीमा ३९, दलितमा १८, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको लागि विज्ञापन प्रकाशन भएको लोकसेवा आयोगले जनाएको छ ।

शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको परीक्षा २०७४ माघमा र दोस्रो चरणको परीक्षा २०७४ चैत्रमा सम्पन्न भएको थियो । लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ४९३ जना उम्मेदवारहरुको २०७५ भाद्र १ देखि ९ गतेसम्म सूचना प्रविधि सीप परीक्षण परीक्षा र २०७५ भाद्र १८ देखि असोज २६ गतेसम्म सामूहिक परीक्षण र अन्तर्वार्ता संचालन भएको थियो ।

न्याय सेवामा माग पद संख्या ८६ (न्याय समूहमा ४८, कानुन समूहमा १० र सरकारी वकिल समूहमा २८) रहेकोमा यस बर्ष ६१ जना उम्मेदवारहरु सिफारिश गरिएको छ ।

सिफारिश भएका उम्मेदवारहरुमध्ये न्याय समूहमा ३५ जना, कानून समूहमा ८ जना र सरकारी वकिल समूहमा १८ जना छनौट भएका छन् । न्याय समूहमा १३, कानुन समूहमा २ र सरकारी वकिल समूहमा १० वटा पदमा कुनैपनि उम्मेदवार सिफारिश हुन सकेनन् ।

जसमध्ये महिला तर्फ ११, आदिवासी\जनजाति तर्फमा ९, दलिततर्फ ४ र अपांग तर्फ १ पदमा उम्मेदवार सिफारिश हुन सकेनन् । न्याय सेवामा सिफारिश भएका उम्मेदवारहरुमध्ये २५ वर्ष सम्मका ११ जना, २५ देखि ३० बर्ष उमेर समूहका २४ जना, ३० देखि ३५ बर्ष उमेर समूहका २२ जना, ३५ देखि ४० बर्ष उमेर समूहका ४ जना रहेका छन् ।

परराष्ट्र सेवातर्फ माग गरिएको सबै पदमा उम्मेदवारहरु सिफारिश भएका छन् । खुला तर्फ ३, आदिवासी\जनजाति तर्फ १ र दलित तर्फ १ गरी जम्मा ५ जना परराष्ट्र सेवामा सिफारिश भएका छन् ।

प्रशासन सेवातर्फ माग गरिएका सबै २९९ पदहरुमा उम्मेदवारहरु सिफारिश भएका छन् । सामान्य प्रशासन समूहमा १९१, लेखा समूहमा ६३, राजस्व समूहमा ३५ र लेखापरीक्षण सेवामा १० जना सिफारिश भएका छन् । ती मध्ये खुलाबाट १६४, महिला ४५, आदिवासी\जनजाति ३७, मधेशी २९, दलित १२, अपांग ७ र पिछडिएको क्षेत्रमा ५ जना सिफारिश भएका छन् ।

यो बर्ष सिफारिश भएका उम्मेदवारहरुको चौथो पत्र ऐच्छिक विषयको आधारमा राजनीतिक शास्त्रका १४७ जना, लेखा तथा वित्तशास्त्रका ७६ जना, कानुनका ६२ जना, जनसंख्या अध्ययनका ५० जना, अर्थशास्त्रका १३ जना, समाजशास्त्र तथा मानवशास्त्रका ४ जना, वातावरण विज्ञानका ३ जना, सार्वजनिक प्रशासनका ३ जना, माइक्रोबायोलोजी विषयका २ जना, जुलोजी विषयका २ जना, कृषिका १ जना, बन विज्ञानका १ जना र इञ्जिनियरिङ्ग विषयका १ जना रहेका छन् । यस बर्ष शिक्षा, वन, स्वास्थ्य विज्ञान, भौतिकशास्त्र र रसायशासत्र ऐच्छिक विषय हुनेहरु सिफारिश हुन नसकेको जनाइएको छ ।

शाखा अधिकृत वा सो सरह पदमा सबैभन्दा बढि स्याङ्जा जिल्लाबाट २८ जना सिफारिश भएका छन् । गुल्मीका १९, झापाका १७, काठमाडौं र मकवानपुरका १३\१३ जना, अर्घखाँचीका १२, पर्वतका ११, खोटाङ्ग र बाग्लुङ्गका १०\१० जना, धनुषा, नवलपरासी र सुर्खेतका ९\९ जना, कपिलवस्तु, काभ्रेपलाञ्चोक, कास्की, धनकुटा र मोरङ्गका ८\८ जना, दाङ, सप्तरी, सर्लाही र सुनसरीका ७\७ जना, उदयपुर, चितवन, धादिङ्ग र प्यूठानका ५\५ जना, तनहुँ, ताप्लेजुङ, नुवाकोट र रुपन्देहीका ५\५ जना सिफारिश भएका हुन् ।

त्यसैगरी इलाम, पाँचथर, पाल्पा, बझाङ, बर्दिया, बारा, रौतहट, ललितपुर, संखुवासभा र सिरहाका ४\४ जना, ओखलढुंगा, कैलाली, गोरखा, जुम्ला, दैलेख, पर्सा, बाँके, महोत्तरी र म्याग्दीका ३÷३ जना, अछाम, कञ्चनपुर, डडेल्धुरा, तेह्रथुम, दार्चुला, बैतडी, भक्तपुर, रुकुम र सोलुखुम्बुका २\२ जना र जाजरकोट, बाजुरा, भोजपुर, रामेछाप, रुकुम, सल्यान, सिन्धुपाल्चोक र हुम्लाका १\१ जना सिफारिश भएको लोक सेवा आयोगका प्रवक्ता सहसचिव किरणराज शर्माले जानकारी दिए ।


क्लिकमान्डु