मोबाइल एक्स्पो उद्घाटन गर्दै उद्योगमन्त्रीले भने-‘मोबाइल उद्योग खोल्नुस्, सरकारले सहयाेग गर्छ’



ललितपुर। ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा आजदेखि मोबाइल एक्स्पो २०१७ शुरु भएको छ ।

मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ शुरु भएको मोबाइल एक्स्पोको उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमबा बिच गरे । कार्यक्रममा बोल्दै उद्योग मन्त्री जोशीले मोबाइलको उद्योग खोल्न मोबाइल व्यवसायीहरुलाई आग्रह गर्दै सरकारले सहयोग गर्ने विश्वास दिलाए । त्यसैगरी मोबाइल एक्स्पोले ग्राहकहरुलाई विभिन्न सुविधा दिनुपर्ने भन्दै बारम्बार ग्राहकहरुलाई आकर्षित गर्न यस्ता कार्यक्रम आवश्यक हुने उनले बताए ।

उद्योग मन्त्रीले मलमा आयोजना भईरहेको दाफा संस्कृतिको बारेमा पनि आफ्नो विचार व्यक्त गरे । उनले संस्कृती र कलाको संरक्षण गर्नुपर्ने भन्दै दाफा संस्कृति राष्ट्रिय गौरबको विषय भएको बताए । उनले भने, ‘संस्कृतिको संरक्षण अति महत्वपूर्ण हो ।’

कार्यक्रममा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले मोबाइल एक्स्पोमा हरेक ग्राहकलाई खुशीका साथ मोबाइल किन्ने वातावरण बनाएको जानकारी दिए । निशुल्क भ्रमण गर्न सकिने एक्स्पोमा हरेक मोबाइलको खरिदमा उपहार राखिएको उनले बताए ।

मोबाइल एक्स्पोमा ग्राहकहरुले न्यूनतम रु.९०० देखि रु.१ लाख ४० हजार सम्मका विभिन्न ब्राण्डका फोनहरु किन्न सक्ने बतार्इएको छ । ग्राहकहरुलाई नयाँ मोबाइल प्रविधिको बारेमा जानकारी दिनका लागि निशुल्क प्रवेश राखिएको तथा नयाँ प्रविधिसँगै अपडेट गराउने गरि विभिन्न ब्राण्डका मोबाइलहरु प्रदर्शनमा राखिएको आयोजकले दाबी गरेको छ ।

माघ २२ गतेसम्म संचालन हुने एक्सपो २०१७ मा हरेक ग्राहकहरुलाई ५ देखि ७० प्रतिशतसम्मको छुट उपलब्ध गराईने अायाेजकले जानकारी दिएकाे छ।


क्लिकमान्डु