ह्वावे दशै अफरः बन्नुहोस् भाग्यशाली प्रत्येक घण्टा



काठमाण्डौं । स्मार्टफोन उत्पादक ह्वावेले यस वर्षको दशैँ अफर सुरु गरेको छ । साथै तीनवटा नयाँ स्मार्टफोनहरू- नोभा टु लाइट, वाई फाइभ लाइट, वाई नाइन २०१९ तथा सेतो (पर्ल ह्वाईट) रंगमा नोभा थ्री आईपनि सार्वजनिक गरेको छ ।

सबैभन्दा सफल स्मार्टफोन उत्पादकको संज्ञा पाएका ह्वावे कम्पनीले घण्टापिच्छै लक्की ड्र योजना ल्याएको छ । जसअन्तर्गत गोलाप्रथामार्फत् सबैभन्दा भाग्यमानी खरिदकर्ताको छनोट हुन्छ र उनीहरूले तत्कालै आकर्षक तथा रोचक उपहारहरू प्राप्त गर्नेछन् ।

नेपालभरिबाट गोलाप्रथामार्फत् प्रत्येक घण्टा एकजना ह्वावे स्मार्टफोन खरिदकर्ता छान्नेछ र भाग्याशाली व्यक्तिले ब्लुटुथ स्पीकर, पावर ब्यांक, फिटनेश ब्यान्ड, टी थ्री–सेभेन, वाई थ्री २०१७, वाई सेभेन प्रो २०१८ तथा ब्रम्पर पुरस्कारमा भाग्यशाली विजेताले नोभा थ्री आई, वाई ९ २०१९, पी ट्वान्टी प्रो तथा म्याटबुक जित्न सक्ने कम्पनीले जनाएको छ ।

सबै ह्वावे स्मार्टफोन खरिदकर्ता यो अफरमा सहभागी हुन सक्नेछन् ।


क्लिकमान्डु