ताप्लेजुङ र महोत्तरीमा गण्डकी विकास बैंकको नयाँ शाखा



काठमाण्डौ । गण्डकी विकास बैंकले आज एकैदिन २ शाखाको औपचारिक उद्घाटन गरेको छ ।

ताप्लेजुङ स्थित फुङलिङ शाखाको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल र महोत्तरी जिल्ला स्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरापालिकाका मेयर विदुरकुमार कार्कीले गरेका हुन् ।

फुङलिङ शाखाको उद्घाटन मन्तव्य दिनु हुँदै प्रमुख अतिथि छत्रपति प्याकुरेलले गण्डकी विकास बैंकलाई फुङलिङमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

उनले बैंक वित्तीय संस्थाको आगमनले ताप्लेजुङबासीमा वित्तीय पहुँच विस्तार हुने बताउँदै बैंकको सफलताको शुभकामना दिए । बैंकका सञ्चालक पद्यप्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, ताप्लेजुङ उवा संघका वरिष्ठ उपाध्याक्ष दिनेश अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन तथा बैंकको गतिविधिको बारेमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिरशेखर बज्राचार्यले जानकारी गराए ।

यसैगरी बर्दिबास शाखाको उद्घाटन गर्दै बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले गण्डकी विकास बैंकलाई बर्दिबासमा स्वागत गर्दै जनतालाई सरल र सहज रुपमा वित्तिय सेवा पु¥याउन आग्रह गर्दै बैंकको पूर्ण सफलताको कामना समेत गरे ।

बैंकका सञ्चालक नारायणबहादुर बाँनियाको अध्यक्षातामा भएको उद्घाटन कार्यक्रममा स्वागत तथा बैंकको वित्तीय गतिविधि बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी गराए ।

बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष प्रल्हाद गिरीले शुभकामना दिएका थिए । सो समारोहको सञ्चालन बर्दिबास शाखाका शाखा प्रमुख ध्रुव पण्डितले गरेका थिए ।


क्लिकमान्डु