नेपालमा वायु प्रदुषणको डरलाग्दो तस्बीरः वार्षिक ३० हजारको मृत्यु, करिब ३ खर्बको नोक्सानी



फाइल तस्बीर

काठमाडौं । विश्व स्वास्थ्य संगठनले वायु प्रदुषणबाट नेपालमा बर्सेनि ३० हजारभन्दा धरैले ज्यान गुमाउने गरेको डरलाग्दो तथ्यांक रहेको बताएको छ ।

त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा २ खर्ब ८२ अर्ब बराबरको नौक्सानी समेत हुने देखिएको छ । तर सरकार, गैरसकारी संस्था, जानरका तथा सारेकार भएका कुनै पनि निकायले वातारणको प्रदूषण रोक्न ठोस पहल गरेको भने पाइएको छैन ।

राजधानी काठमाडौं सबैभन्दा बढी प्रदुषित भएको छ । धुवा धूलोका कारण बर्सेनि हजारौं नागरिक पीडित भएका छन् । बिहान घरबाट लगाएर हिडेको कपडा कार्यालय वा अन्य कुनै स्थानमा पुग्दा नपुग्दै मैलो भइसक्छ । मानव स्वास्थ्यमा समेत उस्तै जोखिम बढिरहेको छ ।

राजधानीबासीमा स्वासप्रश्वासको समस्या ठूलो मात्रामा देखिएको छ । भत्काएर छाडिएका सडक समयमा मर्मत नहुँदा त्यसबाट उड्ने धुलोले समस्या थपेको मात्रै छैन, राजधानीबासीलाई दीर्घरोगी समेत बनाइरहेको छ ।

वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार वातावरण प्रदुषणका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

उनी वातावरण संरक्षणका लागि सरोकार भएका सबैको उत्तिकै साथ र सहयोग रहनुपर्ने बताउँछन् ।

विशेष गरी हिउँद लाग्दा नलाग्दै वातावरण प्रदुषणमा ठूलो मात्रामा चाप पर्न जान्छ ।

मनसुनको समयमा बर्षा हुने भएकाले केही मात्रामा भएपनि धुलोको मात्रा कम हुने देन्छि । तर, मनसुन रोकिएपछि मौसम सुक्खा हुँदै जाने भएकाले धूलो र धुवाको मात्रामा वृद्धि हुँदै जान्छ । जसका कारण वातावरणमा मानव स्वास्थ्यका लागि हानीकारक मानिएका प्रदुषणका कणहरु हावामा फैलन जान्छ । जसका कारण त्यसले मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव पार्न जान्छ ।

जानकारहरुका अनुसार हावामा फैलिने हानिकारक प्रदुषणका कण पिएम टु प्वाइन्ट फाइभको मात्रा ४० भन्दा कम रहनु पर्दछ । तर, यस वर्षको मनसुन सकिएको पछिल्लो एक सातामा मात्रै राजधानीको हावामा प्रदूषणको मात्रामा गुणात्मक वृद्धि हुन पुगेको छ । जसका कारण अस्पतालमाहरुमा श्वास प्रश्वासका बिरामीको मात्रा समेत बढेको छ ।

राजधानीको हावामा हानीकारक प्रदुषणको मात्रा एकाएक बढेपछि त्यसले मानव स्वास्थ्यमा जोखिम मात्रै बढाएको छैन, दीर्घरोगी बनाउने खतरा समेत बढेर गएको छ ।

विभागकाअनुसार मानव स्वास्थ्यकै लागि घातक मानिने विशालु कणको मात्रा ६५ को हाराहारीमा पुगेको छ ।

सामान्य आँखाले देख्न नसकिने त्यस्ता कण बोकेको हावाको श्वास लिदा त्यसले घाटी फोक्सोलाई ठूलो मात्रामा प्रभावित पार्छ ।

विभागका अनुसार काठमाडौं मात्र नभई नेपालगञ्ज र लुम्बिनी लगायतका शहरमा समेत प्रदुषणको मात्रा बढेको छ ।


क्लिकमान्डु