छितामाई मन्दिर क्षेत्रमा दुर्गा पूजा एवम् दशैं मेला



चितवन । पर्यटकीय स्थाल भरतपुर महानगरपालिका वडा नम्बर १३ मा रहेको छितामाई मन्दिरमा दशैको अबसर पारि बृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

पटिहानी मध्यवर्ती उपभोक्ता समिति, बेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह र थारु कल्याणकारी सभा बेलाध प्रगन्ना क्षेत्र नं ५ को आयोजना कार्यक्रम शुरु भएको हो ।

भरतपुर महानगरपालिका वडा नं १३, २२ र १४ संयुक्त आयोजनामा संचालन गरिने कार्यक्रम असोज २३ गतेबाट शुरु भई कात्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन भगबती दुर्गा माताको मुर्ति बिसर्जन गरि कार्यक्रम समापन हुने जनाकारी बेलशहर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्र रहेको छितामाई मन्दिर प्राङ्गणमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रम अन्तरगत खुल्ला भजन कृतिन प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता, खुल्ला ब्यटमिन्टन प्रतियोगिता, अन्तर महिला समुह स्तरिय हाजिरीजबाफ प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, डुङ्गा दौड प्रतियोगिता, भाले समाउने प्रतियोगिता, भलिबल भेट्रान प्रतियोगिता तथा दशैमा गोर्खाको गोरखाकाली मन्दिरबाट ल्याइएको फुलपाती छितामाइमा भित्र्याउने लगाएतका कार्यक्रम रहने छितामाई तथा दुर्गापूजा मुल आयोजक समितिका संयोजक शंकर महतोले दिए ।

पर्यटकीय रुपमा निकै संवभावना बोकेको छितामाईमा दुर्लभ चराचुरुङ्गी, प्राकृतिक मनमोहक दृष्य, दुर्लभ एकसिङ्गे गैडा, स्थानीय आदिबासिहरुको रहनसहन जस्ता कुराहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण भरतपुर महानगरपालिका वडा नं. १३ बेलशहर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्र रहेको छ ।


क्लिकमान्डु