स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई !



काठमाण्डौ । सरकारले सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले सो कार्ड छाप्नका लागि दशवटा मेसिन खरिद गरेपछि हाल चारवटा मात्र सञ्चालनमा रहेको छ । विभागले पटकपटक छोटो समयभित्र नै ट्रायल पास गरेका चालकलाई लाइसेन्स उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि पूरा हुन सकेको छैन ।

साढे पाँच लाख लाइसेन्स छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ । सो कार्ड छाप्नका लागि सरकारले मेसिन खरिद गरी सञ्चालनमा ल्याएको थियो ।


क्लिकमान्डु