तीन दिने टिभिएस अपाचे मोटरसाइकल यात्रा शुरु



काठमाण्डौ । टिभिएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल ब्रान्ड अपाचेले हालै आफ्नो मोटरसाइकलको विश्वभर ३० लाख बिक्री र सक्रियताको यात्रा पार गरेको छ ।

यसैको खुसियाली मनाउन टिभिएस मोटर कम्पनीले आफ्नो विश्वब्यापी बजारहरु मध्ये एक महत्वपूर्ण बजार रहेको नेपालमा र्यालिको आयोजना गरेको छ ।

आजबाट सुरु भएको यो र्यालीमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टेकुको टिभिएस शो रुममा उद्घाटन गरेसंगै ३ दिने लामो यो यात्रा शुरु भएको छ ।

६ अन्तर्राष्ट्रिय चालक सहित टिभिएस अपाचे बाइकमा सवार हुँदै काठमाडौँ, पोखरा र चितवन भएर कम्तिमा पनि ५०० किमि गुडी अन्तिममा अक्टोबर २ मा काठमाडौँमा आएर र्याली सम्पन हुने बताइएको छ ।


क्लिकमान्डु