माछापुच्छ्रे बैंकले दियो नेपाल प्रहरीलाई ५५ लाखको उद्धार सामग्री



काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो अठारौं वार्षिकोत्सवको अवसरमा विपद् व्यवस्थापनको लागि चाहिने उद्धार सामग्रीहरु प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विपद्को बेला उद्घारमा खटिने प्रहरी कर्मचारीहरुलाई प्राप्त सामग्रीले थप मद्दत पुर्याउने चर्चा गर्दै नेपाल प्रहरीलाई उक्त सामग्री प्रदान गरेकोमा बैंकप्रति आभार प्रकट गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष रोशन केसीले विपद् व्यवस्थापनमा नेपाल प्रहरीले गरेको उद्घार कार्यको प्रशंसा गर्दै ७ वटै प्रदेशमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सामग्री उपयोगी हुने विश्वास व्यक्त गरे ।

बैंकले नेपाल प्रहरीलाई ५५ लाख ७६ हजार रुपैयाँ बराबरको विपद् उद्घार सामग्रीहरु दिएको हो । हस्तान्तरण गरिएका सामाग्रीहरुमा भत्केका संरचनामा उद्घार तथा खोजीमा प्रयोग हुने उपकरणहरु, अग्नी नियन्त्रणका सामाग्रीहरु, रोप तथा वाटर रेस्क्यूका सामाग्रीहरु तथा ¥याफ्ट बोट र उक्त बोटलाई चाहिने आवश्यक उपकरणहरु लगायत छन् ।


क्लिकमान्डु