एनआईसी एशिया बैंकद्धारा अष्ट्रेलियन डलरको बिक्री शुरु



काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ ।

बैंक सँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी मुद्राको नगद संञ्चित यथेष्ठ रहेको छ र प्रचलित विनिमय दर बमोजिम ग्राहकहरूको आवश्यकता अनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको जनाएको छ ।

बंैकले बिदा मनाउन, अध्ययन गर्न र अन्य विभिन्न सिलसिलामा विदेश जाने नेपालीहरूका लागि सम्बन्धित देशको मुद्रा आवश्यक पर्ने हुँदा त्यस्ता मुद्राको सरल सटहीको सुविधा उपलब्ध गराउँदै आएको बताएको छ ।

अध्ययन तथा भ्रमण लगायतका अन्य कामका लागि विदेश जाने ग्राहकहरूले विदेशी मुद्रा खरिदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट साथमै लिएर आउन पनि बैंकले भनेको छ ।

यसरी प्रक्रिया पुर्याएर आउने ग्राहकले भिसा यूएसडी प्रिपेड कार्डसमेत ढुक्कसँग खरिद गर्न सक्ने सूचना मार्फत जनाएको छ ।

बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरूमा प्रशस्त मात्रामा अष्ट्रेलियन मुद्रा लगायत अन्य विदेशी मुद्राहरु उपलब्ध भएकाले ग्राहक महानुभावहरु रित्तो हात फर्कनुपर्ने अवस्था नरहेको जनाएको छ ।


क्लिकमान्डु