जनरल इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र मुक्तिनाथ बिकास बैंक लिमिटेड बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा बिकास बैंकबीच असोज १९ गते आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।


क्लिकमान्डु