मृगौला पीडितलाई रकम हस्तान्तरण



काठमाण्डौ । इराक स्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियन्ताहरु, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी, इराकको संयुक्त पहलमा दुबै मृगौला फेल भएकी फुडोमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग संकलन गरिएको छ ।

संकलित रकम १ लाख ६६ हजार ५ सय ४१ रुपैयाँ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारिक एजेन्ट अल ताइफबाट प्राप्त भएको र ५० हजार रुपैयाँ सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाण्डौं थप गरिएको छ ।

एक मुष्ट २ लाख १६ हजार ५ सय ४१ सिटी एक्सप्रेसको ब्राण्ड एम्बासडेर सिताराम कट्टेल(धुर्मुस) को हातबाट दुबै मृगोला प्रत्यारोपणका लागि पीडित फुडोमा तामाङलाई हस्तान्तरण गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।


क्लिकमान्डु