अमेरिकी डलर अहिलेसम्म कै महङ्गो, विदेशबाट पैसा पठाउनेलाई फाइदा
काठमाण्डौ । अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ । आज १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
हिजो १ सय १७ रुपैयाँ ६५ पैसामा बिक्री भएको १ अमेरिकी डलर आज एक रुपैयाँ बढेर १ सय १८ रुपैयाँ पुगेको हो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएको छ ।
नेपाली र भारतीय रुपैयाँबीच स्थिर बिक्रीदर छ । डलर बढ्दा विदेशबाट पैसा पठाउनेलाई, पर्यटन क्षेत्र र निर्यात क्षेत्रमा फाइदा पुग्ने छ । नेपालको निर्यात थोरै र आयात धेरै भएकाले डलरको भाउ बढ्दा नेपालमा विदेशी सामानको भाउ भने बढ्नेछ ।