ग्लोबल आइएमईद्धारा रसुवाको विद्यालयलाई ५ थान कम्प्यूटर हस्तान्तरण



काठमाण्डौ । ग्लोबल आइएमई बैंक लि.ले रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका ६ स्थित गोसाँईकुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

रसुवा जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले गोसाँईकुण्ड माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणराज पौडेललाई ५ थान कम्प्युटर हस्तान्तरण गरे ।

शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरुमा कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यका साथ बैंकले कम्प्युटरहरु सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।

ग्लोबल आइएमई बैंक लि.ले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको विज्ञप्ति मार्फत जनाएको छ ।


क्लिकमान्डु