सांग्रिलाले दियो नवनियुक्त कर्मचारीलाई तालिम



काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लि.ले नबनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम प्रदान गरेको छ ।

नवनियुक्त कर्मचारीहरुलाई बैंक सम्बन्धित कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने तथा सामाजीकरण गराउने उद्देश्यले तालीम दिइएकोे हो । तालिममा नवनियुक्त ७६ जना कर्मचारी सहभागी भएका थिए ।

१० दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले नबनियुक्त कर्मचारीहरुलाई हौसला प्रदान गर्दै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा बैंकको दिगो विकासमा योगदान हुने बताएका थिए ।


क्लिकमान्डु