४ खर्ब ऋणले थिचेपछि टेलिकम बिजनेशबाट बाहिरिने अम्बानीको घोषणा



काठमाडौं । कुनै बेला भारतमा नम्बर वान टेलिकम कम्पनीका रुपमा रहेको आरकमले टेलिकम बिजनेसबाट निस्किने घोषणा गरेको छ ।

व्यवसायी अनिल अम्बानीले टेलिकम बिजनेशबाट निस्किएको घोषणा गर्दै ऋणको बोझले दबिएर बिदाई लिने भएको बताए । भविष्यमा उनको फोकस अब रियल स्टेट कारोबारमा हुनेछ ।

कम्पनीको १४औँ वार्षिक उत्सबको बैठकमा बोल्दै अम्बानीले उनको पहिलो प्राथमिकता कम्पनीमा रहेको ४० हजार करोड भारु रुपैयाँको ऋण कम गर्नु भएको बताए । २ हजारको दरमा भारतीय टेलिकम मार्केटमा सस्तो कलिङ प्याकका साथै प्रवेश गर्नासाथ आरकमले तहल्का मचाएको थियो । हेर्दाहेर्दै यो देशको सबैभन्दा ठूलो टेलिकम कम्पनी बनेको थियो ।

बिगत केही वर्षमा अनिल अम्बानीका दाजु मुकेश अम्बानीको जियो मार्केटमा शुरु भएको नयाँ प्राइस वारको दबाव कम्पनीले बेहोर्न सकेन ।

एकातर्फ कम्पनीको आम्दानी कम्जोर हुँदै गएको थियो भने अर्कोतर्फ कम्पनीको घाटा बढ्दै गयो । अब कम्पनीले टेलिकम कम्पनीको कारोबारलाई छाड्ने निर्णय गरेको छ ।

कम्पनीले अब टेलिकम सेक्टरमा अगाडि नबढ्ने निर्णय गरेको छ । केही अन्य कम्पनीहरुले पनि यस्तै निर्णय लिइसकेका छन् । यो भविष्यतर्फ पाइला चाल्ने सहि तरिका भएको अम्बानीको भनाई छ ।

हाल कम्पनी मोबाइल सेक्टरबाट मात्र बाहिर निस्केको उनले बताए । सही समय आए यसलाई बेच्ने फैसला पनि गरिने अम्बानीको भनाई छ ।

आरकमलाई बचाउन अनिल अम्बानीले आफ्नो दाई मुकेश अम्बानीको नयाँ कम्पनी जियोका साथ आरकमको स्पेकट्रम, मोबाइल टावर र अप्टिकल फाइबर नेटवर्क सहित अन्य मोबाईल बिजनेस एसेट्स बेचेर १८ हजार करोड भारु रुपैयाँमा सौदा गरेका थिए ।

कम्पनीले आफ्नो टावर कस्टुमर सेवासँग जोडेर कारोबारलाई बचाएपछि बि.टु.बि. बिजनेसका साथ टेलिकम सेक्टरमा रहने अनिल अम्बानीको दाबी छ । (एजेन्सीहरुबाट)


पुष्प दुलाल