वोमी फाइनान्सलाई नगद लाभांस बाँड्ने स्वीकृति
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांश वितरण गर्ने स्वीकृति पाएको छ । माइक्रोफाइनान्सले प्रकाशन गरेको आर्थिक वर्ष २०७४\७५ को वार्षिक वित्तीय विवरणमा राष्ट्र बैंकले स्वीकृती दिएको हो ।
आर्थिक बर्ष २०७४\७५ को नाफाबाट हाल कायम चुक्ता पूँजी १० करोड १० लाख ८८ हजारको २५ प्रतिशतका दरले नगद लाभांश २ करोड ५२ लाख ७२ हजारलाई स्वीकृती पाएकाले प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले जानकारी दिए ।